किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

अन्तर्राष्ट्रिय राजनीति विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, २७ असाेज

किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

प्रजग कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरूमा दक्षिण कोरिया र जापानसम्म प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’ हरू समावेश रहेको बताइएको छ । यस क्षेत्रमा अमेरिकी नेतृत्वको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा नेता किम जोङ उनद्वारा निरीक्षण गरिएको राज्य सञ्चालित सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

किमले सामरिक आणविक हतियारहरू– युद्धको मैदानमा प्रयोगका लागि डिजाइन गरिएका साना, हल्का हतियारहरू जनवरी २०२१ मा भएको कोरियाली मजदुर पार्टीको महाधिवेशनमा उच्च प्राथमिकता प्राप्त गरेको बताउनुभएको थियो । यसवर्ष प्रजग कोरियाको आणविक शक्तिलाई छिटोभन्दा छिटो गतिमा विकास गर्ने वाचा गरेको थियो ।

किमले प्रजग कोरियालाई एक ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेपछि – देशले गत महिना आफ्नो आणविक कानुनलाई परिमार्जन गर्न अनुमति दिन प्रभावकारीरूपमा यसको शस्त्रागारमा आणविक अस्त्रको सङ्ख्यामा बढोत्तरी गरिएको हो ।

प्रजग कोरियाले ‘वास्तविक युद्धको सिमुलेशनअन्तर्गत सैन्य अभ्यासहरू आयोजना गर्ने निर्णय गरेको थियो । दक्षिण कोरियाको बन्दरगाह, एयरपोर्ट र सैन्य कमाण्ड सुविधाहरूमा प्रहार गर्नसक्ने गरी अभ्यास गरेको केसिएनएले जनाएको थियो ।

प्रतिवेदनमा भनिएको छ, “युद्ध प्रतिरोधात्मक र आणविक प्रतिआक्रमण क्षमताको जाँच र मूल्याङ्कन गर्नका लागि रणनीतिक आणविक हतियारको सञ्चालनमा संलग्न कोरियाली जनसेनाका एकाइहरूले सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म सैन्य अभ्यास गरेका थिए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *