सरकार लकडाउनको पक्षमा छैन : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २४ चैत

लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले कोभिड–१९ रोकथामका  नाममा अब कहिल्यै पनि लकडाउनमा नजाने बताए।

अन्य प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताउँदै उनले लकडाउन कोभिड नियन्त्रणमा सहयोगी  भए पनि यसले सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने बताए।

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएसँगै नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए।

सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै उनले कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे। साथै, अनावश्यक रुपमा भ्रम सिर्जना हुने क्रियाकलाप तथा समाचारको विश्वास नगर्न पनि उनले आग्रह गरे ।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकास भइरहेको र त्यस मध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *