मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १० पुस

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत मन्त्री हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *