बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ३३ पुगेको छ। गत २४ घण्टामा १ हजार ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १५, उदयपुरमा ४, झापामा २६, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा २३, संखुवासभामा ४, सुनसरीमा १३ र सोलुखुम्बुमा ८ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ६, पर्सामा ४, बारामा ४, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा ४, सर्लाहीमा २ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ९३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा ३६, दोलखामा १, धादिङमा ५, नुवाकोटमा २८, भक्तपुरमा ३९, मकवानपुरमा ८, रसुवामा १३, रामेछापमा १, ललितपुरमा ७५ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८४, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ८, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा १०, बागलुङमा ५ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ३, दाङमा ७, नलवपरासीमा ७, पाल्पामा ५, प्यूठानमा ४, बर्दियामा १५, बाँकेमा २० र रुपन्देहीमा ३९ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको जुम्लामा ३, दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४४, कञ्चनपुरमा १, कैलालीमा ६, डडेल्धुरामा २२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ६ र बैतडीमा ५ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *