पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २३ मंसिर

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६३७ पुगेको छ।

देशभर १ हजार ३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ।

२४ घण्टामा १ हजार ६२१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २९ हजार  ५४ पुगेको छ।

आज देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *