थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ मंसिर

नेपालमा आज १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

गत २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको छ। हाल ५ सय ७६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *