२४ घन्टायता १४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं , १४ मंसिर

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख १२ हजार ५ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख २७ हजार ८ सय ३६  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *