४१४ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ मंसिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३० जना आइसियु र ३१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७१ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४१ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १०० आइसियु र १० जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।

नेपालमा २ लाख ३१ हजार ९ सय ७८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १२ हजार ५ सय ९० जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *