४ सय ५० संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ मंसिर

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ९३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना आइसियु र ४० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ५२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ आइसियु, गण्डकी प्रदेशमा १०२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।

यसअघि सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख २४ हजार ७८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  २ लाख ४ हजार ८ सय ५८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *