आइसियू र भेन्टिलेटरमा ३८३ संक्रमित उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ मंसिर

देशभर हाल ३ सय ८३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका १ हजार ६ सय ७४ मध्ये ३ सय ८३ संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ सय ३६ आइसियु र ४७ जना संक्रमित भेन्टिलेटरमा छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै आइसियु र भेन्टिलेटर रहेको प्रदेशको सूचीमा अहिले पनि बागमती नै पहिलो स्थानमा छ। बागमती प्रदेशमा मात्र १ सय २१ जना आइसियु र २२ जना भेन्टिलेटरमा छन्।

त्यसपछि गण्डकी प्रदेशमा ८६ आइसियु र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, प्रदेश १ मा ४६ आइसियु र ८ भेन्टिलेटरमा, प्रदेशमा ९ आइसियु र १ भेन्टिलेटरमा, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा क्रमश ११ र ७ जना संक्रमित आइसियुमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *