मंगलबार काठमाडौं उपत्यकामा ३३९ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *