नेपालगञ्ज रंगशालामा ३६ लाखको दुबो बिछ्याइँदै

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

नेपालगञ्ज, १९ माघ


आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्जको रंगशालामा रू. ३६ लाखको दुबो बिछ्याउन लागिएको छ । व्यवसायीहरुले भारतबाट नेपालगञ्ज रंगशालाका लागि भित्राएको दुबोको दाङमै व्यावसायिक खेती समेत शुरु गएिको छ । दुबो लगाउने काम गरिरहेको काठमाडौंस्थित गौतम नर्सरीका रबिन गौतमले दाङ बेलझुण्डीमा तीन बिगाहा जमीनमा बरमुडा घाँसको खेती शुरु गरेका हुन् । अब नेपालगञ्जमा समेत खेती गर्न लागेको उनले बताए ।


प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीका अनुसार नेपालगञ्ज रंगशालामा उत्कृष्ट प्रकारको बरमुडा घाँस लगाउन शुरु गरिएको छ । एक वर्गफिटको चालिस रुपैयाँसम्म पर्छ । भारतबाट नेपाल ल्याउँदा ढुवानी खर्च धेरै लाग्ने भएकाले स्वदेशमै खेती शुरु गर्न लागिएको हो । घाँसको निर्यातकर्ता गौतम नर्सरीका रविन गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *