मंंगलबार काठमाडौं उपत्यकामा २५२ नयाँ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ।

आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म ८७६ जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *