थप १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असाेज

नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ७ सय ४९ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ हजार ३७ हजार ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *