थप ३५६४ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असाेज

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ८४ हजार ५ सय १८ संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १२ लाख ३७ हजार ६ सय ३६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३६ हजार ५ सय ३३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ – ७१७४
प्रदेश २– १५२३८
बाग्मती प्रदेशमा –३४९८४
गण्डकी प्रदेशमा –४४५४
लुम्बिनी प्रदेशमा –१११९१
कर्णाली प्रदेशमा –३५९०
सुदूरपश्चिम प्रदेशमा ७८८७

Leave a Reply

Your email address will not be published. Required fields are marked *