सवा दुई अर्बको स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनाले गर्यो सम्झौता, सात दिनभित्र नेपाल आइपुग्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १० बैशाख

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ । सेनाले दुई अर्ब २५ करोड रूपैयाँ (एक करोड ८४ लाख ४१ हजार ७०६अमेरिकी डलर) को ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको हो ।

नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले पत्रकारहरूसँग आज भिडिओ कन्फ्रेन्स गर्दै अत्यावश्यक सामग्री सात दिनभित्र नेपालमा ल्याइपुर्याउने जानकारी दिए । जीटूजी प्रक्रियाबाट सामान खरिद गर्ने जिम्मा पाएको नेपाली सेनाले चिनियाँ सरकारी कम्पनी चिनियाँ साइनोफाम इन्टरनेसनल कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ। सेनाले ७ वैशाखमा नै नेपालको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेर पठाएको थियो। सोही दिन चिनियाँ पक्षले पनि सम्झौता पत्रमा हस्ताक्षर गरेर पठाएको हो। स्वास्थ्य सामग्री खरिदका लागि नेपाली सेनाले राष्ट्र बैंकमार्फत् रकम पनि पठाइसकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *