विदेशबाट नेपाल आएका ४१ हजार जना स्वास्थ्य मन्त्रालयको निगरानीमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अडेट

काठमाडाैं, १८ चैत

सरकारले विदेशबाट नेपाल आएका ४१ हजार १ सय ४ जना व्यक्तिको विवरण संकलन गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिएका र प्रभावति देशबाट आएका उनीहरुको विवरण संकलन गरेर निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफङका क्रममा प्रवक्ता डा देवकोटाले विभिन्न देशबाट नेपाल आएकाहरुको नामावली संकलन गरि निगरानीमा राखिएको जानकारी दिएका हुन्।

ब्रिफङका क्रममा उनले हालसम्म नेपालमा कोरोना संक्रमण देखिएका आफन्त, साथी र उनीहरुले भेटेका केहीको नमुना परीक्षणमा कोरोना संक्रमण नदेखिएको पनि जानकारी दिए।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले देशभरका आइसोलेसनमा ९३ जना व्यक्तिलाई राखेको छ।

उनले पाटन र वीर अस्पतालमा मृत्यु भएका ३ जनाको पनि ल्याब परीक्षण भइरहेको बताए। तीमध्ये वीरमा मृत्यु भएका एक जना व्यक्ति भारतीय नागरिक हुन्। उनी कालिमाटीमा बस्दै आएका थिए। उनी ज्वरोका बिरामी थिए।

हालसम्म टेकु प्रयोगशालामा ९ सय ९३ जनाको जाँच भइसकेको छ।

नेपालमा हालसम्म ५ जनामा मात्र संक्रमण भेटिएको छ। तीमध्ये एक जनालाई निको भइसकेको छ भने ४ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *