नेपाल टेलिकमको रिचार्ज बराबर नै बोनस, बोनसबाट डाटा किन्न नपाइने, यस्ता छन् सर्तहरु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
काठमाडौं, १३ चैत

नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ।नेपाल टेलिकमका जीएसएम  तथा सिडीएमए को प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत वोनसको प्राप्त हुनेछ।

यसरी प्राप्त गरेको वोनस रकमबाट नेपाल टेललकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सककने छ। तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न सकिने छैन। यो  सुबिधा चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ।

रिचार्ज कार्ड प्रयोग गरी ५० र  १ सय रपैयाँ रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने २ सय र  ५ सय को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ।

त्यसैगरी १ हजार को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० देखि  ९९ रुपैयाँ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ।

साथै  १ सय देखि रु. ४ सय ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ। यसैगरी रु. ५ सय देखि  ९ सय ९९ रपैयाँ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ भने १ हजार भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जनाएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *