विद्युतीय कारोबार र एटीएममा प्रयाप्त नगद राख्न राष्ट्र बैंकको निर्देशन, एलसी र टीटी खुल्ने 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
काठमाडौं, १३ चैत

नेपाल राष्ट्र बैंकले बजारमा पैसाको समस्या हुन नदिनका लागि विद्युतीय माध्यमलाई चुस्तदुरुस्त बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण मानवीय क्षति बढ्दै गएपछि सरकारले फिजिकल बैंकिङ प्रणालीलाई बन्द गरेसँगै विद्युतीय माध्यमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । यसैगरी बैंक तथा वित्तीय संस्थालाई एटीएम मिसिनमा प्रयाप्त रकम राखी सोको निगरानी बढाउन दिर्नेशन दिएको छ । साथै बैंक तथा वित्तीय सस्थाहरुले अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सुनिश्चितता प्रदान ड्राफ्ट, टीटी, प्रतितपत्र तथा बैंक ग्यारेन्टीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *