कोरोनाले एसियाली फुटबल प्रभावित, नेपालका खेल भने तोकिएको समयमै हुने

खेलकूद समाचार

काठमाडौं, २० फागुन


विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण एसियाली फुटबल प्रभावित बनेको छ।सोमबार मात्र थाइल्यान्डले घरेलु लिगका खेलहरु बिनादर्शक खेलाउने निर्णय गरेको छ। यस्तै इरान र कोम्बोडियाबीच हुने विश्वकप छनौटको खेल स्थगित गरिएको छ।यसअघि महिला ओलम्पिक छनोटअन्तर्गत चीनका खेलहरु दोस्रो देशमा आयोजना गर्ने निर्णय गरिएको थियो।कोरोनाको संक्रमणका कारण एसियाली फुटबल महासंघ ९एएफसी० ले सोमबार आकस्मिक बैठक राख्दै एएफसी च्याम्पियन्स लिगका खेल स्थगित गर्ने निर्णय गरेको छ।एएफसीले इस्ट जोनका टिमले खेल्ने च्याम्पियन्स लिगका खेल स्थगित गर्ने निर्णय गरेको हो। एएफसीले मार्च र अप्रीलका लागि तय भएका खेल मेसम्मका लागि सार्ने निर्णय गरेको छ। वेस्ट जोनको विषयमा निर्णय गर्न एएफसीको बैठक यहि साताको अन्त्यमा बस्ने एएफसीका महासचिव विन्सर जोनले जानकारी दिएका छन्।कोरोनाले विश्वकप छनोटका खेल प्रभावित भइरहेको अवस्थामा नेपालले चैत १३ गते चाइनिज ताइपेई र चैत १८ गते अस्ट्रेलियासँग खेल्दैछ। दुवै खेल दशरथ रंगशालामा आयोजना हुनेछ।अहिलेको अवस्थामा दुवै खेल तोकिएको मितिमा हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।
यद्यपी मन्त्रिपरिषद्ले ठूलो संख्यामा भेला भएर कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ। निर्णय विश्वकप छनोटमा पनि लागू हुन्छरु ुविदेशबाट मानिस ल्याएर भेला नगर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो। त्यसैले नेपालका दर्शकअघि नै खेल हुनेछ, शेर्पाको जवाफ छ। नेपाल खेल्न आउन लागेका अस्ट्रेलिया र ताइपेई दुवै देशमा कोरोनाको संक्रमण छ। अस्ट्रेलियामा ३० जनामा संक्रमण देखिदा १ जनाको मृत्यु भएको छ। ताइपेईमा ४१ जनामा संक्रमण हुँदा १ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *