अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको सोमबारको नतिजा

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, १२ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फकाे  ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्पmको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन गरे ।


पुरुषतर्फ अर्काे म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने किर्तिपुर नगरपालिकाका धर्म महर्जनले ३ घण्टा ५ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाका सुरेन्द्र ग्वाछाले ३ घण्टा १० मिनेट १ सेकण्डमा सो दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए ।


त्यसैगरी महिला तर्फ अर्काे हाफ म्याराथुनमा भक्तपुर नगरपालिकाका कान्छिमाया कोजुले १ घण्टा २५ मिनेट २१ सेकेण्ड, किर्तिपुर नगरपालिकाका सकुन्तला ठगुन्नाले १ घण्टा ४० मिनेट ५२ सेकेण्ड र भक्तपुर नगरपालिकाका रेष्टिना सितिखुले १ घण्टा ५० मिनेट ४६ सकेण्डमा दुरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।


४ ह ४०० मिटर पुरुषतर्फ रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, मन्थली, चौतारा–सांगाचोक गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए भने ४ ह ४०० मिटर महिलातर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर, ललितपुर, चौदण्डी गढी नगरपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *