भक्तपुर, १२ फागुन
भक्तपुर साँगीतिक समाजको आयोजनामा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ ।
“सोच”, “खोज”, “मोज” र “म सक्छु” जस्ता उत्प्रेरक तथा सकारात्मक सोच प्रती अग्रसर हुन प्रेरणा दिने खालका पुस्तक एवं विभिन्न सकारात्मक प्रवचनका लागि लामो समय देखि कलम चलाउँदै र हौस्याउदै आएका नेपालका एक सफल होटल ब्यवसायी समेत रहेका लेखक तथा उत्प्रेरक कर्ण शाक्यका साथमा उक्त कार्यक्रम भएको हो ।
भक्तपुरको ईताछे स्थित नःपुखु बैनक्वेटमा कर्ण शाक्यका साथमा भक्तपुर सांगीतिक समाजको आयोजनामा सकारात्मक सोचका लागि कर्ण शाक्य संङ साक्षात्कार भएको समाजका सचिब अल्वर्ट बज्राचार्यले जानकारी दिए ।
कार्यक्रममा हामीमा हुने सकारात्मक सोचले मात्र समाजको विकास हुन् सक्ने लेखक एवं सकारात्क सोचका लागि अभियन्ता कर्ण शाक्यले बताए । सकारात्मक सोचका लागि कर्ण शाक्य सँगको साक्षात्कार कार्यक्रममा उनले सकारात्मक सोचले मात्र समाजको विकास हुन् सक्ने बताएको थियो । हामीले बालबालिका देखि नै सकारात्मक सोचको विकास गराउनु पर्ने बताउँदै बालबालिकाको मनमा सकारात्मक सोचको विकास गराउन सके मात्र समाज छिटो विकास हुने उनँको धारणा थियो । यदि हामीले आफ्ना बालबालिकाहरुलाई सकारात्मकता नसिकाउने हो भने समाज जहिले पनि उही स्थानमा नै रहन्छ । यसैले समाजको विकास गराउनु छ भने हामीले बालबालिका देखि नै उनीहरुलाई सकारात्मकता नै सिकाउनु पर्ने उनले बताए । उनले हामीले साना नानीहरुलाई भविश्यमा गएर डाक्टर इन्जिनियर एवं कर्मचारी नै बन्नु पर्छ भनी सानो देखिनै रटाउनु भन्दा उनीहरु के बन्न योग्य छन् त्यसमा ध्यान दिनुपर्ने बताएको थियो । उनले हामीले साना बालबालिकालाई नपढे खेतमा काम गर्नु पर्ने गाई भैसीको गोवर सोहर्नु पर्ने तथा सिकर्मी वा डकर्मी बन्नु पर्ने भन्दै हामीले शारीरिक परिश्रम लगाउनु पर्ने कामको अवमूल्यन गराउनु भन्दा सबै प्रकारको काम प्रति सकारात्मक रुपमा सोच्ने र समान मूल्याङ्कन गर्न सिकाउनु पर्छ ।
नेपालमा सकारात्मक सोचका लागि विभिन्न पुस्तक मार्फत आफ्नो कलम चलाउँदै आएका शाक्य संङ हामी नयाँ पुस्ताले धेरै सिक्न, थाहा पाउन र प्रेरित हुन सक्ने भन्दै भक्तपुरका जागरुक जन समुदायका लागि आफूहरुले उक्त कार्यक्रम लामो समयको प्रयास पछि आयोजना गरेको भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले जानकारी दिए ।
नेपाली पुस्तक बजार मार्फत कर्ण शाक्यका विभिन्न पुस्तकहरु अध्ययन गर्न पाए पनि उनीसंग प्रत्यक्ष रुपमा नै वहाँ बाट नयाँ सोच र सकारात्मक विचार ग्रहण गरि प्रगती पथमा लाग्न उत्प्रेरित होउन भन्ने उद्देश्यका साथ भक्तपुर साँगीतिक समाजले यस कार्यक्रमको आयोजना गर्न लागेको समाजका सचीव तथा कार्यक्रम संयोजक अल्वर्ट बज्राचार्यले जानकारी दिए ।
सकारात्मक सोचले मात्र समाज विकास हुन् सक्छ
भक्तपुर । हामीमा हुने सकारात्मक सोचले मात्र समाजको विकास हुन् सक्ने लेखक एवं सकारात्क सोचका लागि अभियन्ता कर्ण शाक्यले बताए ।
भक्तपुर सांगीतिक समाजको प्रस्तुती सकारात्मक सोचका लागि कर्ण शाक्य सँगको साक्षात्कार कार्यक्रममा उनले सकारात्मक सोचले मात्र समाजको विकास हुन् सक्ने बताएको थियो ।
हामीले बालबालिका देखि नै सकारात्मक सोचको विकास गराउनु पर्ने बताउँदै बालबालिकाको मनमा सकारात्मक सोचको विकास गराउन सके मात्र समाज छिटो विकास हुने उनको धारणा थियो । यदि हामीले आफ्ना बालबालिकाहरुलाई सकारात्मकता नसिकाउने हो भने समाज जहिले पनि उही स्थानमा नै रहन्छ । यसैले समाजको विकास गराउनु छ भने हामीले बालबालिका देखि नै उनीहरुलाई सकारात्मकता नै सिकाउनु पर्ने उनले बताए । उनले हामीले साना नानीहरुलाई भविश्यमा गएर डाक्टर इन्जिनियर एवं कर्मचारी नै बन्नु पर्छ भनी सानो देखिनै रटाउनु भन्दा उनीहरु के बन्न योग्य छन् त्यसमा ध्यान दिनुपर्ने बताएको थियो । उनले हामीले साना बालबालिकालाई नपढे खेतमा काम गर्नु पर्ने गाई भैसीको गोवर सोहर्नु पर्ने तथा सिकर्मी वा डकर्मी बन्नु पर्ने भन्दै हामीले शारीरिक परिश्रम लगाउनु पर्ने कामको अवमूल्यन गराउनु भन्दा सबै प्रकारको काम प्रति सकारात्मक रुपमा सोच्ने र समान मूल्याङ्कन गर्न सिकाउनु पर्छ ।
असनको बाटोमा एक सामान्य चिया विक्री गर्ने पसलेले पनि महिनाको लाखौं सम्म आम्दानी गर्न सक्ने बताउँदै हामीले विदेश जाने सोचाई राख्दै विदेशीनु मात्र बुद्धिमत्ता नहुने बताएको थियो ।
हामी सुनको कचौरा लिएर माग्न बसेको भिखारी जस्तो भएका छौं । हामीले आफू भित्र रहेको क्षमता एवं विशेषता पहिचान गर्ने हो भने कुनै पनि कुरामा अरु देश प्रति आश्रीत हुनु नपर्ने शाक्यले बताए ।
हामीले हाम्रो कला संस्कृति एवं परम्परा जोगाउँदै र परिष्कृत तरिकाले ब्यापार गर्न सके हामी पर निर्भर हुनु नपर्ने उनको धारणा थियो ।
हामीले विदेशीको सिको गर्दै मःम र चाउमिन एवं पिज्जा सेन्टर मात्र खोल्नु भन्दा हाम्रो परम्परा देखि प्रचलनमा रहेका ८४ ब्यञ्जनका होटल एवं रेष्टुरेष्ट खोल्ने हो भने हाम्रो आफ्नो पहिचान संरक्षण सँगै विदेशीहरुलाई पनि हाम्रा परिकारहरु प्रति आकर्षित गर्न सकिने छ ।
उनले युवा उद्यमीहरुलाई लक्षित गर्दै कुनै पनि उद्योग ब्यवसायमा सफल हुनु छ भने आफू अन्तरगत रहेका कर्मचारीहरुलाई गर्ने ब्यवहारमा सुधार गरी काम प्रतिको लगावलाई बढाउन सके मात्र सफल उद्यमी हुन सकिने छ ।
“सोच”, “खोज”, “मोज” र “म सक्छु” जस्ता उत्प्रेरक तथा सकारात्मक सोच प्रती अग्रसर हुन प्रेरणा दिने खालका पुस्तक एवं विभिन्न सकारात्मक प्रवचनका लागि लामो समय देखि कलम चलाउँदै र हौस्याउदै आएका नेपालका एक सफल होटल ब्यवसायी समेत रहेका लेखक तथा उत्प्रेरक कर्ण शाक्यका साथमा उक्त कार्यक्रम भएको थियो ।
ुसुख प्राप्तिका लागि भौतिक सुख भन्दा आत्मीक सुख प्रति सबैले जोड दिनु पर्ने भन्दै सकारात्मक सोचमा साक्षातकार कार्यक्रम आयोजना गरिएको भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले जानकारी दिएको थियो ।