थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित पाँच सय बढी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २३ असार


पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१५ परीक्षणमा ७८ जनामा संक्रमण भएको हो।

जसमध्‍ये १३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २१३१ जनाको एन्टिजेन परीक्षण १८ गरी ७८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *