वागीश्वरीमा ‘एडुकेशनल फिट’ सम्पन्न

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ साउन


वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा कक्षा १२ का विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न भएको छ ।


प्रमुख अतिथि एवं वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले उ्रक्त कार्यक्रमको उद्घाटन गरे ।


कार्यक्रममा विज्ञान समूह, मानविकी समूह, व्यवस्थापन समूह, शिक्षा समूह, टेक्स कार्यक्रमलगायतका समूहका विद्यार्थीहरुले आफ्नो कलाकारीता प्रदर्शनी गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
कार्यक्रममा प्लसटु संयोजक ज्ञानसागर प्रजापति, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छालगायतले शैक्षिक प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *