लक्ष्यभन्दा बढी राजस्व संकलन

अर्थ/वाणिज्य समाचार

प्यूठान,७ साउन


देशमा स्थानीय तहहरुले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अबस्थामा प्यूठानको स्वर्गद्वारी नगरपालिकाले लक्ष्यभन्दा दुइ गुण राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०७५/७६ मा लक्ष्यभन्दा २ गुण अर्थात २०० प्रतिशल बढि राजस्व संकलन गरेको स्वर्गद्वारी नगरपालिकाका सुचना अधिकारी तथा राजस्व शाखा प्रमुख सौन्दर्यमणी सुबेदीले जानकारीले बताए । नगरपालिकालले गत आबमा ४० लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९२ लाख रुपैया राजस्व संकलन गरेको हो ।
नगरपालिकाले एकिकृत सम्पति कर तथा आन्तरिक करबाट ५३ लाख २ हजार ३०७, सिफारीस, पञ्जिकरण लगायत (वडा)बाट ३८ लाख ९७ हजार ३९६ गरी कुल ९२ लाख रुपैया राजस्व संकलन गरेको छ । त्यस्तै प्यूठान नगरपालिकाले पनि लक्ष्यभन्दा बढि राजस्व उठाउन सफल भएको छ । प्यूठान नगरपालिकाले गत आर्थिक बर्षमा १ करोड ४५ लाख रुपैया राजस्व संकलन गरेको छ । नगरपालिकाले एकिकृत सम्पति करमा ५५ लाखको लक्ष्य लिएकोमा ५० लाख रुपैया राजस्व उठाएको छ । प्यूठान नगरपालिकाले गत आबमा १ करोड २३ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
झिमरुक गाउँपालिकाले ४९ लाख १५ हजार ४२५ रुपैया राजस्व संकलन गर्न सफल भएको छ । गाउँपालिकाले घरकर ३ लाख ४३ हजार ४६४,सेवा कर २४ लाख ४७ हजार ३३१, पञ्जिकीकरणबाट ४ लाख ४० हजार ८८२,मालपोत ७ लाख ४ हजार ९४५, ब्यवसाय कर ७ लाख ८५ हजार गरी विभिन्न शिर्षक गरी उक्त रकम राजस्व संकलन गरेको झिमरुक गाउँपालिकाका सुचना अधिकृत निमप्रसाद भण्डारीले बताए । ‘गाउँपालिकाले गत बर्षमा लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ’ उनले भने,‘गाउँपालिकाले ११ शिर्षकमा राजस्व संकलन गरेका हौँ ।’ झिमरुक गाउँपालिकाले गत आबमा ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै ऐरावती गाउँपालिकाले पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ । गाउँपालिकाले राखेको लक्ष्यभन्दा १ लाख ९ हजारभन्दा बढि राजस्व संकलन गरेको ऐरावती गाउँपालिकाका सुचना अधिकारी बालचन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले गत आबमा २८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २९ लाख ९ हजार ९३५ राजस्व संकलन गरेको छ । स्थानीय तहमा नया ब्यवसाय दर्ता, तथा जनतामा कर तिर्नुपर्छ भन्ने भावना बढेका कारण राजस्व संकलनमा बृद्धि भएका प्यूठानका स्थानीय तहहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *