साउन महिनामा मेहेन्दीको फेसन

विशेष समाचार समाचार

सरिता गिरी
भक्तपुर,३ साउन


साउन महिनाको आगमनसंगै मेहेन्दीको र हरियो चुरा पोतेको व्यापार बढेको छ । यो महिनामा अन्य श्रीङ्गार सामान भन्दा विशेष गरी चुरा र पोते बढि प्रचलन भएको व्यापारीहरु बताउँछन् । मेहेन्दी प्राय जसो साना ठूलो सवै मानिसहरुले लागाउँदै आएको पाइन्छ ।
आफ्नो घर नजिकको एक दिदी रिता खड्काले दुबै हातमा टन्न मेहेन्दी लगाएको पाइयो उनलाई हातमा मेहेन्दी लगाएको सारै मन पर्ने र मेहेन्दीले मायाको प्रतिक जनाउने उनले बताइन् । उनले आफ्नो आमा बहिनी र भाउजुलाई पनि मेहेन्दी लगाइदिएको बताइन् उनी हरेक बर्ष यसरीनै मेहेन्दी लगाउने गर्दछीन् । भक्तपुर बजारमा मेहेन्दी र चुरा व्यापारी सुमित्रा सुवालले हरेक बर्ष धेरै चुरा र मेहेन्दी धेरै ब्यापार हुने र यस पेशाबाट धेरै आम्दानी हुने बताइन् । पहिलाको भन्दा अहिले बढी मेहेन्दीको फेसन आएको पनि उनले जानकारी दिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *