जेब्रा क्रसिङ्ग मेटिन्दा बाटो कसरी काट्ने ?

अर्थ/वाणिज्य समाचार

सरिता गिरी
भक्तपुर,३ साउन


अहिले भक्तपुरका अधिकांश सहायक सडकमा जेब्रा क्रसिङ्ग मेटिएको अवस्थामा छ । पैदल यात्रुको सहजताको लागि बनाइएका यस्ता जेब्रा क्रसिङ्ग मेटिन्दा सर्वसाधरणलाई बाटो काट्न समेत मुस्किल भएको छ । यसले चालक र पैदल यात्रु दुबैलाई समस्यामा पारेको छ ।
भक्तपुरका अधिकांश सहायक सडकमा बाटो काट्न प्रयोग गरिने यस्ता संकेत चिन्ह मेटिन्दा बाटो कसरी काट्ने ? एक स्थानीय प्रश्न गर्छन् । रातको समयमा झन् अँध्यारो हुने हुँदा बाटो काट्नै मुस्किल रहेको बताँउछन् भक्तपुर लिवाली निवासी सुमन दुवाल ।
यो समस्या प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनी समक्ष राख्दा उनले सडकमा आवश्यक सङ्केत चिन्ह राख्ने जिम्मा सडक विभागको रहेको बताए । सडक विभागले सडक मर्मतको लागि मात्र बार्षिक २१ करोड खर्च गरिरहेको छ भने ।
त्यस्तै, भक्तपुर सुर्यविनायक चोक रातको समयमा अध्यारो देखिन्छ । न ट्राफिक लाइनको व्यवस्था छ न सडक बत्तीको । यहाँ जुनसुकै समयमा अप्रिय घटना हुन सक्ने बताउँछन् स्थानीय प्रज्वल सुवाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *