रानी पोखरी भन्दा ५०० वर्ष पुरानो भाज्या पोखरी

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर २७ फागुन


भक्तपुर नगरपालिकाले आज भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि लगाएत सारोकारवालाहरूको उपस्थिति रहेको थियो भने प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद प्रेम सुवालले तत्कालीन सरकारहरूले सम्पदा संरक्षणमा ध्यान नदिंदा वा संरक्षण नगर्दा कयौं सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ति जग्गाहरू किबचेन हुन थालेकोमा आपत्ति व्यक्त गरे । जिम्मेवार पदमा बस्नेहरूले गरेको गल्तीले देशलाई अपूरणीय क्षति पुग्ने बताउँदै सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन–अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले पाइला चालेको भन्दै प्राचीन स्मारक संरक्षण ऐनलगायत सम्पदा संरक्षणसम्बन्धी ऐन नियमहरू, सम्पदाविद्, इतिहासविद् र संस्कृतिविद् तथा स्थानीय जनताको अनुभवलाई मार्गदर्शनको रुपमा लिई अगाडि बढेको बताए ।

प्रमुखले भाज्या पुखु काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंबदन्ती भए पनि भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिएको प्रतिवेदनमा उल्लेखित बुँदाबारे थप छलफलको आवश्यकता महसुस गरी कार्यक्रम आयोजना गरेको स्पष्ट पारे ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरभरिका पोखरी पुनःनिर्माण र जीर्णोद्धारको थालनी गरिरहेको बताउँदै भाज्या पुखुको प्रारम्भिक प्रतिवेदनअनुरुप यसको पुनःनिर्माण कार्य अगाडि बढ्ने बताइन् ।

इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले १२ औं शताब्दीमा बनेको भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले इतिहास विज्ञानसम्मत हुने र अध्ययन–अनुसन्धानले रानी पोखरी र भाज्या पोखरीले एकले अर्कोलाई हेर्ने ऐनाको रुपमा प्रस्तुत भएको विचार प्रस्तुत गरे । भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो अनुसन्धानले देखाएको श्रेष्ठले बताए ।पोखरीका बारे जानकारहरुले पोखरीलाई पुरानै शैलीमा मर्मत सम्भार गरिनु पर्नेमा जोड दिएको थिए । काल संस्कृतीको धनी शहर भक्तपुर नगरमा नगरपालिकाले संरक्षण र प्रर्वदनमा खेलको भूमिका अतुलनिय रहेको उनीहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *