नगरकोट सडक कहिले बन्ने ?

समाचार स्वास्थ्य

सरिता गिरी
भक्तपुर, ३ साउन


कमलविनायकदेखि नगरकोटसम्मको १६ किमी सडक विस्तार कार्य पाँच बर्ष बितिसक्दा पनि अझै ज्यूँका त्यूँ छन् । पर्यटन र स्थानीयबासी यसबाट प्रभावित बनेका छन् । वि.सं. २०७२ जेठमा शैलुङ्क कन्स्ट्रकशन प्रा.लि. ले निर्माणको ठेक्काको जिम्मेवारी पाएको थियो । दुई वर्षभित्र निर्माण कार्य सकाउने भनिएतापनि अझै उस्तै छ । यसले गर्दा पर्यटक आगमनमा करिब पचास प्रतिशतले घटेको एक स्थानीय बताँउछन् । यसले गर्दा हाम्रो गरी खाने इलम पनि लुटिएको बताइन् स्थानीय होटेल व्यवसायी रोजीना गिरी ।
सडकको हालत जीर्ण छ ।
धुलो धँवाले स्थास्थ्यमा गम्भीर असर पु¥याएको छ । आक्रोशित स्थानीयबासीले ढिला सुस्ती विरुद्ध संघर्ष गठन गरेर विभिन्न संघर्षका कार्यक्रम नै घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *