ट्राफिक जाम समस्या

समाचार

मुना मुसिख्वाल
काठमाण्डौं ,३ साउन


राजधानीबासीको दैनिक समस्याको रुपमा देखिएको छ सवारी साधन चाप । १० बजे कार्यालय पुग्नका लागि ८ बजेदेखि तरखर गर्नुपर्ने बाध्यता छ । भक्तपुरबाट काठमाण्डौं जाने मानिसहरुको प्राय समान समस्या त्यही नै रहेको छ । कार्यालय जान होस् वा विद्यालय,कलेज जान होस सबैजना १ घण्टा अघि घरबाट हिड्नुपर्ने बाध्यता रहेको छ । भक्तपुरका प्राय मानिसहरु काठमाण्डौंसम्मको १५ मिनेटको दुरी पार गर्नका लागि एक घण्टा समय कुर्नुपर्ने बाध्यता रहेको देखिन्छ । सवारी साधनको आयातमा नियन्त्रण ,सडक विस्तार जस्ता कार्यबाट सवारी चाप नियन्त्रण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *