विमान दुर्घटना: ४८ शव काठमाडौं ल्याइयो, दुई यात्रुको अवस्था अझै पत्ता लागेन

विशेष समाचार समाचार स्वास्थ्य

पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका दुई जनाको अवस्था अझैसम्म पत्ता लाग्न सकेको छैन। विमानमा सवार चालक दलका सदस्यसहित ७० जनाको शव भेटिए पनि दुई जनाको अवस्था भने अझै पत्ता नलागेको हो।

नेपाल नागरिक उड्यन प्राधिकरणले एक विज्ञप्ति निकाल्दै दुई यात्रुको अवस्थामा अझै पत्ता नलागेको जानकारी गराएको हो। भेटिएका ७० जनाको शवमध्ये २२ जनाको शव सनाखत गरेर आफन्तको जिम्मा लगाइसकिएको पनि प्राधिकरणले जनाएको छ। बाँकी रहेका ४८ वटा शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर शवहरु आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।

माघ १ गते बिहान साढे १० बजेतिर काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरास्थित नयाँ एअरपोर्ट नजिकैको सेतीको खोँचमा दुर्घटनामा परेको थियो।

PR_Civil-aviation1673946518.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *