दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

सिन्ह्वा न्यूज एजेन्सी

सियाेल, २ मंसिर
दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन्।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।

बिरामीसहित अस्पतालबाट ९० जनाको उद्धार गरिएको छ। जसमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने समान्य चोटपटक लागेको छ। करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *