अबिरल वर्षाले वस्ती प्रभावित, माैसम सुधार भएसँगै जनजीवन सामान्य

समाचार

सुलोचना प्रजापति
भक्तपुर, ३१ असार

विगत ३ दिनदेखि लगातार परेको वर्षासँगै देशभर बाढी र पहिरो गएको छ ।
देशभरका अधिकांश नदी, खोला तथा सडकहरू अवरुद्ध छन् भने विभिन्न स्थानमा पहिरोले बस्तीहरूमा जोखिम बढ्दै गएको छ । त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा उच्च रूपमा आएको बाढीले पुलको दुवैतर्फको भागमा कटान गरेको छ भने बस्तीमा सम्म बाढी पुगेको छ ।

हनुमन्ते खोलाको बाढीबाट आसपासमा रहेको खेतबारीहरूमा क्षति पुगेको छ । त्यसैगरी ब्रह्मायणी पुल , राम मन्दिर पुलमा बाढीको बहाब उच्च देखिएतापनि बाढी पुलको माथिल्लो भाग भएर बगिरहेको छ । भक्तपुरको राम मन्दिर क्षेत्र, ब्रह्मायणी क्षेत्र, हनुमानघाट, हनुमन्ते खोलामा पानीको बहाव बढेपनि हालसम्म मानवीय क्षति नभएको त्यहाँका स्थानीयले जानकारी दिए । माैसम  विभागका अनुसार साेमवारदेखि माैसम सफा हुने जनाएअनुसार जनजीवन पनि सामान्य नै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *