धनगढीमा १३ करोडको खानेपानी योजना बन्दै

समाचार स्वास्थ्य

धनगढी, १० मंसिर


धनगढी उप–महानगरपालिका–१२ जुगेडा डिगाउँमा झण्डै १३ करोड रुपैयाँको लागतमा बृहत खानेपानी योजना निर्माण गरिने भएको छ । आगामी तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी १२ करोड ९९ लाख लागतको उक्त आयोजनाको शिल्यान्यास धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृर्पबहादुर वडले गरेका हुन् ।
नेपाल खानेपानी संस्थान धनगढी तथा धनगढी उप–महानगरपालिकाको पहलमा आयोजना निर्माण गरिन लागेको उनले बताए । १९ वटै वडामा खानेपानी पु¥याउने उदेश्यले धनगढी उप–महानगरपालिका क्षेत्रभित्र आधा दर्जनभन्दा बढी खानेपानीका ठूला योजना निर्माण गर्ने काम भैरहेको बताए । विकास निर्माणका काममा सहयोग गर्न म आम नगरवासीसंग अनुरोध गर्दछु नगरप्रमुख वडले भने, कसैले पनि विकासमा तगारो हाल्नु हुदैन ।
खानेपानी संस्थान धनगढीका कार्यालय प्रमुख अरविन्दकुमार कर्णले ३ बर्षमा सम्पन्न हुने गरी खानेपानी योजना निर्माण भैरहेको बताए । उनले भने, स्थानीयलाई खानेपानी भने १ बर्षभित्र नै वितरण गरिने छ । खानेपानी ट्याङकीको क्षमता ४ लाख ५० हजार लिटरको रहेको छ । यो योजनाको पानी ५ हजार घरधुरीलाई पुग्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *