नेपाल मानव धर्म सेवा समितिद्वारा गुरु पुजन

कला/साहित्य समाचार

काठमाडौं, १ साउन

गुरु पूर्णिमा तथा व्यास पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । समितिले मानव धर्मका प्रणेता श्री सतपालजी महाराज जीप्रति श्रद्धाभाव प्रकट गर्दै “गुरु पुजा महोत्सव २०७६” मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफूले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक शिक्षा एक आपसमा आदान प्रदान गरेमा मात्र समाज विकास गर्न सकिने बताए । मानव धर्मले गरेका सामाजिक कामले वडाको विकासमा सहयोग पुगेको भन्दै आफुहरु सधै सहकार्य गर्न तयार रहेको बताए ।

सो अवसरमा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले शास्त्रमा भएका कुरालाई मनन् गर्दै जीवनमा उर्तान सके मात्र यसले जीवन सार्थक पार्न सकिने बताइन् । चेतन शरीर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उनले सबैलाई प्रेरणा दिइन् । ‘गुरु चरणको दर्शनले मात्र पनि काशि प्रयागको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिड्नु पर्छ ।,’ उनले बताइन् ।
कार्यक्रममा यसवर्ष एसईई अध्ययन पूरा गरेका विभिन्न विद्यार्थीलाई सम्मान गर्नुका साथै गुरुलाई श्रद्धाभाव व्यक्त गरेका थिए । कार्यक्रममा भक्ति संगीतका कलाकार तथा बाल कलाकारले आध्यात्मिक, चेतनामूलक भजन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *