बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा ३, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ४, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा १ सय ५ र सुनसरीमा ६६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १९, पर्सामा २८, बारामा १४, महोत्तरीमा १६, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ५ र सिरहामा ३९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८ सय १७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १७, चितवनमा ८६, दोलखामा ३, धादिङमा १७, नुवाकोटमा १०, भक्तपुरमा ५८, मकवानपुरमा १७, रामेछापमा ६, ललितपुरमा ६८, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा ५, तनहुँमा ८, नवलपरासी पूर्वमा १४, पर्वतमा २, लमजुङमा २, बागलुङमा १४ र स्याङजामा १ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका ३, गुल्मीका ३, दाङका ९, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ४, बाँकेका ३०, रुकुम पूर्वमा ५ र रुपन्देहीका ९१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्लामा ३७, दैलेखमा २, मुगुमा २, रुकुम पश्चिममा ३ र सल्यानमा ३ जनाका कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २४, कैलालीमा १ सय ६१, डडेल्धुरामा १, बझाङमा २ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *