भक्तपुरमा नगरपालिकामा छात्रवृत्ति वितरणबारे मा.वि.का प्रधानाध्यापकहरूको बैठक

विशेष समाचार शिक्षा समाचार
भक्तपुर, २६ असार
भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार भक्तपुर नगरभित्र सञ्चालित कक्षा ११/१२ सञ्चालित माध्यमिक विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक सम्पन्न भयो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले  भक्तपुरको सामुदायिक र निजी विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न लागि परेको बताउँदै नगरपालिकाले आयोजनामा गर्ने प्रतियोगिताहरू विद्यार्थी केन्द्रित ढंगले अगाडि बढाइरहेको बताए ।
सो बैठकले कक्षा ११/१२ मा नगरभित्रका विद्यालयले कुल विद्यार्थीको कम्तीमा ३ प्रतिशत नगरपालिकाको सिफारिसमा छात्रवृत्ति वितरण गर्ने, गत वर्षको छात्रवृत्ति वितरण कार्यलाई निरन्तरता दिंदै छात्रवृत्तिमा भर्ना शुल्क र मासिक शुल्क छुट दिने र कक्षा १२ मा छात्रवृत्तिलाई निरन्तरता दिन कम्तीमा प्रत्येक विषयमा डी प्लस ग्रेड ल्यानुपर्ने साथै आन्तरिक परीक्षा बोर्ड परीक्षालाई आधार मानेर मूल्याङ्कन गर्ने निर्णय गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *