प्रधानमन्त्री ओलीले सुनाए एक वर्षे कार्य प्रगति

राजनीति विशेष समाचार समाचार

काठमाडौं, २ माघ

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम सुरु गर्न नदिनेले विकास खोइ भन्दै प्रश्न गरिरहेको आरोप लगाएका छन्। सरकार गठनको एक वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

‘घर बनाउँदा तला र छानाको कल्पना गरेर जग बसालिन्छ। यो एक वर्ष पाँच वर्षका लागि मात्र होइन समृद्धिका लागि आधार तयार पारिएको छ,’ उनले भने, ‘जग बसाल्न भाँजो हाल्नेहरु जमिन सम्याउँदा अवरोध गर्नेहरु नै अहिले तला खोइ, छाना खोइ भन्नेहरु छन्। यसत् प्रश्नहरुको सामना सरकारले गरिरहेको छ। यस्ता प्रश्नको जवाफ दिन उचित ठान्दिन्।’

उनले विकास निर्माणका योजनाहरु अगाडि बढेको भन्दै गोतम वुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको पोखरा विमानस्थल २०२० सम्म सम्पन्न हुने उनले बताए।

उनले तीन दिनमा एउटाका दरले तुईन विस्थापन भएको दाबी गरे। उनले लगानी खोइ भन्दै प्रश्न गरेको तथ्यांकहरुलाई बंग्याइएको आरोप लागेको पनि उनले भने।

‘खोइ लगानी भन्नेहरुलाई भन्न चाहन्छु,’ उनले भने, ‘यसबीच ४४९ उद्योग दर्ता भएका छन्। ४१६ विदेश लगानीका उद्योगहरु दर्ता प्रकृयामा आएर ५१ अर्बको प्रस्ताव आएको छ।’

उनले आफूले आधा भरेँ भन्दा आधा खाली छ भन्नेहरु रहेकोसमेत बताए।

‘तपाईँलाई थाहा थियो कस्तो बेला सरकार बनेको थियो। भाँडो रित्तो थियो। मैले आधार भरेको छ। मैले आधा भरियो भन्छु। अरु आधा खाली छ भनेका छन्,’ उनले भने।

उनले अहिले पनि सरकार ९ महिनामा ढल्ने कल्पना गरिएको टिप्पणी गर्दै भने, ‘लागेको होला यो सरकार पनि ९ महिनामा ढल्छ। अब सरकार फेरिँदैन्। त्यसैले बानी फेरे हुन्छ।’

प्रधानमन्त्री ओलीले रेल र पानी जहाज चल्ने विश्वास दिलाए।

‘महासागरहरुमा विश्वभर जहाज चलेका चलेइ छन्। रेल चलेका चलेइ छन्। हामीले चलाउँ भन्दा यस्तो पनि हुन्छ भन्छन्, ‘ उनले अगाडि भने, ‘आज पानी जहाज अड्डाको उद्घाटन गरेर आएको छु। भोलीबाट कसैले प्रश्न गर्न सक्छन्- अड्डा त खुल्यो टिकट किन्न जाउँ भन्या, म भन्छु टिकट किन्न पाइन्छ। आज खोलेको अड्डा टिकट किन्ने अड्या होइन्। त्यो पनि खोलिल्नछ। सबैलाई खबर गरिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *