शेर्पा लागुऔषधसहित पक्राउ

समाचार

काठमाडौं, १५ फागुन


नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ परेका छन्। नवाङ यति समूहका सदस्य हुन्। गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूको बुधबार जिल्ला अदालतमा बयान भएको छ। ‘पक्राउ परेका चारजना मध्ये तीन जनाको बयान भएको छ’, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले भने।भोलि थुनछेक बहस हुने उनले बताए।नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा समेत मुछिएका थिए।उनलाई केहीअघि भारतको पुर्नस्थापना केन्द्रमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *