ज्योति माध्यमिक विद्यालयको भवन शिलान्यास 

शिक्षा समाचार

मुना मुसिख्वाल
भक्तपुर, २६ असार

सूर्यविनायक नगरपालिकाको वडा नं. ७ स्थित ज्योति मा.वि.को भवन शिलान्यास प्रतिनिधिसभा सदस्य महेश बस्नेतबाट सम्पन्न भएको छ । यो भवन निर्माणका लागि राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भक्तपुरबाट स्वीकृत रु ६९ लाख ६९ हजारको बजेट रहेको छ । यो चारकोठे पक्की भवन शिलान्यास कार्यक्रममा
सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापा, उपप्रमुख जुना बस्नेत, सोही वडाका वडाध्यक्ष रवीन्द्र सापकोटा, नगर सदस्य अर्जुन खतिवडा, नगर सदस्य कृष्णजीत माकजु, वडा सचिव सूर्य माकजु लगायतको उपस्थिति रहेको थियो । साथै सोही विद्यालयकका शिक्षक शिक्षिकाको समेत उपस्थिति रहेको थियो ।
सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको थियो । सो कार्यक्रममा सांसद बस्नेतले ज्योति मा.वि.ले नाम जस्तै यो क्षेत्रमा ज्योति बालेको कुरा बताए । साथै स्थानीय तह र शिक्षा सँगसँगै जानुपर्ने कुरामा समेत जोड दिए । विद्यालयको गत आर्थिक वर्षमा निर्माण भएको तर अपूरो भवन निर्माणका लागि रु १५ लाख विनियोजन गरेको पनि बताए । साथै पुस्तकालय व्यवस्थापनका लागि समेत रु.५ लाख व्यवस्था गरेको छ । कायक्रमको अन्त्यमा ज्योति मा.विका प्रधानाध्यापक कृष्णलाल न्हेम्हाफुकीले धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *