ताथलीमा सफाई अभियान शुरु

समाचार स्वास्थ्य
संगिता ढकाल
ताथली, २५ असार
चाँगुनारायण नगरपालिका, ताथलीलाई सुन्दर र पूर्ण सफाईयुक्त वडा बनाउन सरसफाई अभियान शुरु भएको छ । वागमती सफाई अभियानको ३ सयौं हप्ता सकिएको अवसरमा चाँगुनारायण न.पा. वडा नं. ९ को आयोजनामा भएको सफाई अभियान उद्घाटन वडा अध्यक्ष गणेश त्यातले गरेका थिए । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने पुल छेउमा बिजुलीको खम्बामा थुन्से झुण्ड्याएर सफाई अभियानको उद्घाटन गरिएको थियो ।
च्याम्हसिंह (ताथली) नाला सडक सफाइबाट ताथलीमा सफाईबाट ताथलीमा सफाई अभियान शुरु भएको घोषणा गर्दै वडा अध्यक्ष त्यातले कुनै गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगबिना नै ताथलीलाई सफाइको नमूना बनाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *