किन रोकिएन चोरी

अर्थ/वाणिज्य समाचार
सुनिता खड्का
भक्तपुर, २६ असार
पछिल्लो समयमा चोरीको घटनाहरु बढ्दै गइरहेका छन् । घरमा पसेर सामान चोर्नेदेखि बाइक चोरी गर्नेहरुको संख्या पछिल्लो समयमा भक्तपुर जिल्लाका नगरहरुमा देखिन थालेको छ । भक्तपुरमा रहेको चार वटा नगरपालिका भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा यसरी चोरीका घटनाहरु बढ्दै गएका हुन् ।
केही महिना अघि मात्र चाँगुनारायण न.पा.५ छालिङ खड्का गाउँमा उमेश खड्काको घर चोरी भएको थियो । घरमा कोही नभएको मौका छोपी करीब ४ बजेको समयमा चोरी भएको थियो । दम्पति दुई जना बिहान अफिस जाने र छोरा स्कुल गएको बेला घरमा चोरी भएको थियो । घरमा केही नभएको र बाटोकै घर पनि दिनदाहादै चोरी भएको कुरा सार्वजनिक भएको छ । उमेश खड्काको अनुसार करीब ४ लाख बराबरको गहना चोरी भएको छ । तर सँगै भएको नयाँ मोबाइल र ल्याप्टप भने चोरले लगेको छैन ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले सानो चोरी घटनाहरु पछिल्लो समय देखिएको र यसलाई नियन्त्रण गर्न सम्पूर्ण प्रहरी प्रशासन लागि परिरहेको बताए । उनले भने     ‘चोरी गर्ने गिरोह सक्रिय भएको पाइएको त्यसलाई हामी नियन्त्रण गर्न अग्रसर छौं । र केही त्यस्ता चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *