पाँचतले मन्दिरको ३१८ औँ वर्षबन्धन मनाए

विशेष समाचार समाचार

भक्तपुर, १८ असार


असार शुक्ल प्रतिपदाका दिन विश्व प्रसिद्ध पाँचतले मन्दिरमा तुछिमलाका बासिन्दाहरूले गत वर्षझैँ यस वर्ष पनि झण्डोत्तोलन गरी ३१८ औँ वर्षबन्धन मनाएका छन् ।
मन्दिरको सबभन्दा माथिल्लो तलामा २० जना अवालहरू पुगेका थिए । यस वर्ष पाँचतले मन्दिरको गजुरमै झण्डोतोलन गरिएको थियो । गत वर्ष मन्दिरको पहिलो तलामै झण्डोतोलन गरिएको छ ।
पुजारी नरेन्द्र जोशीले प्रायः सिकर्मी र डकर्मी काम गर्ने अवाल समुदायहरू माथिल्लो तलामा चढ्न नडराउने बताए। यो परम्परा राजा भूपतीन्द्र मल्लको समयदेखि नै चलिआएको उनले भने। झण्डोत्तोलन गर्नुअघि तलेजुका पुजारी र रकमीहरू बसेर सिद्धिलक्ष्मीको पूजा आराधना गरिन्छ ।
संस्कृतिविद् ओम धौभडेलले भने, “पहिले गजुरमा झण्डोतोलन गर्नुपूर्व छानोेमा भएको घाँस उखेल्ने, छानो मर्मत गर्न र सरसफाइ गरिन्थ्यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *