लमही ,१९ असार
दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुन थालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताए । दाङको प्रेसीनी, देउखुरीलगायत क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । लामो समयदेखि हामी वद्धवृद्धाले बनाउदै आएका छौं , अब हामीले खटिएर काम गर्न सक्दैनौं उनले भने । युवहरुले पनि यो पेशा अँगालेका छैनन जसले गर्दा अहिले लोप हुने अवस्थामा पुगेको छ । युवाहरुलाई माटोको भाँडो बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालीम प्रदान गर्ने गरिएको भए पनि सिकेको कुरा व्यबहारमा नउतार्दा पेशा नै सङकटमा पर्ने खतरा रहेको अर्का थारु अगुवा महादेव कुमालले बताए । हामीले छोराछोरीलाई माटोको भाँडा निर्माण गर भनेर भन्छौं उनले बताए , उल्टै उनीहरुले हामीलाई मलाई के माटाका भााडा बनाउनेजस्तो ठान्नुभयो भनेर थर्काउछन् ।
अहिले पनि बजारमा माटाँका भाँडोका माग हुने गरेको भए पनि त्यही अनुसार माटाका भाँडा तयार गर्न नसकिएको उनको भनाइ छ ।दाङको तुलसीपुर ७ प्रसेनीमा करीब ३ सय कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै माटोको भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए ।युवालाई माटोको भाँडा निर्माण् गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल युवा दीपक कुमालले बताए ।