काठमाडौं, १९ माघ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको छ । बृद्धि भएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।
पदार्थ पूरानो मूल्य नयाँ मूल्य
पेट्रोल रु.१०८ रु.११०
डिजेल/मट्टितेल रु.९५ रु.९७
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर रु १ सय १० र डिजेल मट्टितेलको रु ९७ पुगेको छ । विगत डेढ महिना जति अन्तर्राष्ट्रिय बजारमा आएको कच्चा तेलको गिरावटले पेट्रोलियम पदार्थको खरीद मूल्यमा कमी आएको कारण आफू घाटामा गएको निगमले जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट १६ जनवरी २०१९ मा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २५ र डिजेलजमा ४ रुपैयाँ २८ पैसाका दरले नयाँ मूल्यसूची आएकाले मूल्य बढाउनु परेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य समायोजन गरेपछि निगमलाई पाक्षिक करीब १ अर्ब १६ करोड नाफा हुने छ । माघ २ को मूल्य अनुसार निगमले १ अर्ब ६ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ ।