खरको छाना विस्थापीतका लागि साढे ३ करोड

अर्थ/वाणिज्य समाचार

पाल्पा, २२ बैशाख


स्थानिय निकायमा जनप्रतिनिधीले आफ्ना गाउँपालिका भित्र खरको छाना विस्थापित गर्नका लागी झण्डै साढे ३ करोड रुपैया खर्चिएका छन् । गरिव तथा विपँन्न वर्ग परिवार छनोट गरि आफ्नो सरकारको अनुभूति गराउनका लागी विपद व्यवस्थापन गर्ने उद्देश्यले ठूलो रकम खर्चिएका हुन् ।
सुख्खा मौसममा खरको छानामा आगलागीको जोखिम बढी हुनाले नै खरको छाना विस्थापित गरिएको र वर्षेनी घर छाउनु पर्ने बाध्यताबाट मुक्त गराउनका लागी ठूलो रकम खर्चिएको रैनादेवी गाउँपालिका का अध्यक्ष राम बहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार गत वर्ष १ सय ६० घर परिवारलाई ३० लाख रुपैयाको कर्कट पाता वितरण गरिएको थियो भने यस आर्थीक वर्षमा ६ सय ५० घर परिवारका लागी १ करोड ६० लाख रुपैया बराबरको कर्कट पाता वितरण गरिएको बताए ,। आगामीक आर्थीक वर्षमा गाउँपालिका भित्र खरको छाना विस्थापित गरिने उनले बताए ।
गाउँमा विकासका क्रम संग संगै आर्थीक रुपले सम्पन्न ब्यक्तिले पक्की घर बनाउने अभियान चलेको खबरको छाना गाउँ बस्तीमा विपन्न वर्गको मात्र रहेकोले यस अभियानको सुरुवात गरेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए । अध्यक्ष थापाका अनुसार गत वर्ष ७५ घर परिवारका १५ लाख बराबरको कर्कट पाता वितरण गरिएको र यस आर्थीक वर्षमा पनि ७५ घर परिवारका लागी १५ लाख रुपैया विनियोजन गरिएकोे उनले बताए । आगामीक वर्षदेखि गाउँपालिकालाई खरको छाना मुक्त बनाउने गरि काम अगाडि बढाइएको उनले बताए ।
खरको छाना हटाएर कर्कट पाता लगाउदा सधैका लागी सुरक्षित भएको महसुस गरेको माथागाढी ५ का देव सि. वाकावल ले बताए । खरको छाना विस्थापित गर्दा गरिव तथा विपन्न वर्गलाई ठूलो राहत हुने भएकोले यस आर्थीक वर्षबाट ५४ घर परिवारका लागी २० लाख रुपैया विनियोजन गरिएको तीनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती ले बताए ।
स्थानिय सरकार जनताको जनजिविका संग प्रत्यक्ष रुपमा सम्बन्ध हुने र लामो समय सम्म यसको प्रभाव रहने भएकोले यो कार्यक्रम प्रभावकारी भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जि.सी बताउछन् । अध्यक्ष जि.सी का अनुसार गत आर्थीक वर्षमा २ सय ५० घर परिवारका लागी २२ लाख रुपैया बराबरको र यस आर्थीक वर्षमा २ सय ३० घर का लागी १८ लाख रुपैया बराबरको कर्कट पाता वितरण गरिनेछ । आफ्नो गाउँपालिका बाट खरको छाना भएका घरलाई क्रमिक रुपमा विस्थापित गरिने योजना रहेको अध्यक्ष जि.सी ले बताए ।
अन्य छाना भन्दा खरको छाना आगलागी बाट बढी जोखिम भएकोले खरको छाना विस्थापित गर्नु पर्ने र भविष्यमा ठूलो धन जनको क्षती बढी हुने भएकोले खरको छाना विस्थापित गर्न अभियान मा लागेको रामपुर नगरपालिकाका प्रमुख रमण थापा बताउछन् । नगर प्रमुख थापा का अनुसार गत वर्ष १ सय ४९ घर परिवारका लागी ५० लाख र यस वर्ष ५९४ घरको लागी नगरपािलकाको १ करोड र प्रदेश सरकारबाट ५० लाख गरि १ करोड ५० लाख खर्चिने बताए ।
सदियौं देखि खरको छाना मुनी जीवन विताएका हरुका लागी कर्कट पाताले घर छाउन पाउँदा आफ्नो जीवनमा ठूलै परिवर्तन आए जस्तो अनुभूति भएको कर्कट पाताले घर छाएकी बगनासकालीकी दिल कुमारी सोमै ले बताइन् । बगनासकाली गाउँपालिकाले गत वर्ष ५५ घर परिवारका लागी १५ लाख र यस वर्ष ८३ घर परिवारका लागी २५ लाख रुपैया बराबरको कर्कट पाता वितरण गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *