अक्षय तृतीयाका दिन डोलेश्वर मन्दिर खुल्ला

समाचार

भक्तपुर २४ बैशाख


वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा हिजो अक्षय तृतीयाका दिन खुल्ला गरिएको थियो ।

अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको थियो । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र भक्तजनहरुको लागि मन्दिर खुल्ला गरिन्थ्यो ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका थिए।

मन्दिर परिसरमा जौको सातु र सर्वत लगायत फलफूल पनि भक्तजनहरुका लागि निःशुल्क वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *