जनगणनाका लागि ५ अर्ब खर्च प्रक्षेपण र ५० हजार गणक परिचालन

अर्थ/वाणिज्य समाचार

चितवन, २२ बैशाख


२०७८ सालमा गरिने राष्ट्रिय जनगणनाको लागि ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभाग एवं तथ्याक कार्यालय, चितवनले आज भरतपुरमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८को तयारी सम्बन्धी बिषयक गोष्ठीमा यस बारेमा जानकारी दिइएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार २०६८ सालको जनगणनामा ३० हजार गणक खटाइएपनि अहिले विभिन्न सूचकहरु थपिएको , र सुक्ष्मरुपले गणना गर्न लागिएकोले गणकहरु थपिएको बताएको छ । अघिल्लो जनगणनामा २ अर्ब रुपैयांँ भएपनि यसबर्ष ५ अर्ब खर्च प्रक्षेपण गरिएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले समयको अन्तरालसंंँगै कर्मचारीको तलब सेवा सुविधाका साथै छपाईसम्बन्धी कार्यमा बढी खर्च हुने भएकोले ५ अर्ब खर्च अनुमान हुने बताए । यसैगरी अघिल्लो गणनामा ३० हजार गणक रहेपनि अहिले बढाएर ५० हजार पुरयाइएको छ। उनका अनुसार संघीय संरचना अनुसार तीनवटै तहसंँग समन्वय गरी तल्लोतहबाट विभिन्न चरणबाट जनगणना गर्न लागिएकोले खर्चका साथै गण्कसंख्या बढ्ने भएको हो । ‘अहिले हामीले दुईचरणमा प्रत्येक घरमा जनगणना गर्दैछौ, पहिलेको गणनामा दोस्रो चरण अन्र्तगत स्याम्पलिङ्ग विधि अपनाएका थियौं ।’ उनले भने । यसपटक विभिन्न सुचकका साथै गणनाको ढांँचा परिवर्तन गरिएकोले खर्च बढ्ने अनुमान गरिएको बताए । ‘अहिले सुगम र दुर्गम गरी दुई प्रकारले,हामीले गणना गर्ने तयारी गरेका छौ,उनले भने । अघिल्लो जनगणनाभन्दा पृथक एवं प्रविधिमैत्री बनाइने लामिछानेले बताए । जसअनुसार शहरी इलाकामा ट्याबोलोइट, सफ्टवेयर एवं इन्टरनेटको माध्यमबाट तथ्यांक संकलन गरिनेछ भने दुर्गमा क्षेत्रमा कागजी प्रक्रियाबाट तथ्यांक संकलन गरिनेछ ।
कार्यक्रमममा बोल्दै विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले जनगणनाले देशको नीति निर्माण तथा योजनामा सरकारलाई सहयोग पुग्ने भएकोले जनगणना अपरिहार्य भएको बताए । अब हुने जनगणना तथ्यपरक, चुस्त दुरुस्त गर्न विभाग केन्द्रीत रहेको उनले बताए । ‘प्रत्येक घरको रोजगारी, शिक्षा, व्यवसाय, घरको पूर्वाधार लगायत सबै सुचकको सुक्ष्म तरीकाले तथ्यांक लिने काम हुन्छ’ उनले भने । उनका अनुसार जसले गर्दा प्रत्येक सुचकको तथ्यांक तथ्यपरक हुने र यसले देशको जिडीपी एवं विकास कार्यक्रममा समेत सहयोग पुग्नेछ ।
तथ्यांक कार्यालय, चितवनका प्रमुख जीवराज आचार्यका अनुसार चितवन जिल्लाको लागि यहांँको जनसंख्याको आधारमा विभागले गणकसंख्या र लागत अनुमानित खर्च तोक्नेछ ।
जनगणनाको लागि पूर्वतयारीका काम शुरु भएको जानकारी दिदै विभागले २०७८ साल असार १ देखि १५ गतेसम्म जनगणनाको मिति तोकेको छ । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले अघिल्ला जनगणना तथ्यपरक,यर्थाथ नभएकोले काम गर्न अप्ठेरो परेको भन्दै विभागलाई यस कार्यमा गम्भिर रहन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *