विरेन्द्रनगरमा विराटनगरका कामदार

समाचार

नेपालगञ्ज, २२ बैशाख


कर्णाली प्रदेश नेपालकै सबैभन्दा गरिव प्रदेशमा पर्दछ । ५२ प्रतिशत जनता गरिवीको रेखामुनी रहेका छन् । कर्णाली प्रदेशका अधिकाँश युवा र पुरुष ज्याला मजदुरी गर्न कोही कालापहाड र खाडी मुलुक हानिएका छन् । नेपालमा राम्रो काम नहुँदा युवा शक्ति विदेशिनु पर्ने बाध्यता रहदै आएको छ । कर्णाली प्रदेशका अधिकाँश ग्रामिण बस्तीका युवा विदेशिएपछि गाउँ पुरुष विहिन बनेका छन् । पुरुष नहुँदा विवाह बर्तबन्धन मलामीमा महिलाकै सहभागीता बढी देखिन थालेको छ । नेपाल संघिय राज्य सँगै सिंहदरबारको अधिकार गाउँमै आए पनि स्थानीयबासी त्यसको स्वाद लिन पाएका छैनन् । दुई दशकको जनप्रतिनिधी विहिन हुँदा जनताले गाउँको विकास र सेवा सुविधा पाउने आशले मतदानबाट जनप्रतिनिधी छनौट गरे । दुई बर्ष वितिसक्दा पनि जनप्रतिनिधी जनविकास हुने नदेखिएपछि अधिकाँश गाउँका बासिन्दामा निराशा छाएको छ भने बेरोजगार युवा आफ्नो जन्मथलो छोडेर कालापहाड खाडी मुलुकमा मजदुरी गर्न जानुपर्ने बाध्यता छ ।
कर्णाली प्रदेशका पुरुष गाउँ नै खाली गरेर मजदुरी गर्न विदेशिएपछि दुर्गका अधिकाँश गाउँ पुरुष विहिन बनेका छन् । खाडी मुलुकमाबाट लाखौ करोडौ पैसा कमाएर घरजग्गा जोहो गर्ने अधिकाँश युवाको पैसाको साटो लाश बाकसमा फर्किन गरेको छ । तर नेपालकै विराटनगरका बासिन्दा भने स्वदेशमा पसिना चुहाएर विदेशकै दाँजोमा पैसा कमाउनको लागि विराटनगर,सुनसरी,उदयपुर,झापाबाट कर्णाली प्रदेशको विरेन्द्रनगरमा ज्यालामजदुरी गरी रहेका छन् । ज्यालामजदुरीबाट आफुहरुले २ लाख ५० हजार कमाउने गरेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका –२ का गणेश प्रसाद राजधामीले बताए । उनले भने, हामी पुस महिना देखी असारसम्म खानपिन गरेर यो पैसा बचाउँछौं । सुर्खेतको विरेन्द्रनगरमा ती जिल्लाबाट ३५÷४० जनाले ठेकेदारहरु कामदार ल्याएर काम गर्ने गरेको जानकारी दिए । “हामी नेपालीको लाज मान्ने चलन छ विदेशमा जे काम गर्न तयार हुने स्वदेशमा सिमेन्ट उठाउन लाज मान्ने संस्कार पछि परेका हौं । स्वदेशमै राम्रो सँग काम गरे,सुन फल्छ,राजधामीले थपे । उनले ८ जना कामदार ल्याएर सुर्खेत विरेन्द्र नगरमा रिङ बनाउने कुवा खन्ने काम गर्दछन् । दुई जनाले एकदिनमा २० वटा रिंग तयार गर्छन भने जसको मुल्य एकहजार देखी १ हजार ८ सयमा विक्री गर्ने गरेको जानकारी दिए ।
त्यस्तैगरि झापा जिल्ला सुरङ्ग नगरपालिकाबाट घुम्नको लागि सुर्खेत आएका नन्द विकले साथी सँगै काम गर्न थाले । कामका साथै राम्रो आम्दानी हुने भनेपछि म पनि यतै बसेर काम गर्न थालेको हुँ । उदयपुर झापा विराटनगर, सुनसरीबाट कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगरमा आएका कामदार पुस महिनामा काम गर्ने सुर्खेतमा आएर असार महिना मकै र धान रोप्ने बेला घर फर्किने गर्छन । युवा विदेश पलायन हुन नदिनको लागि गाउँपालिका र नगरपालिका नेपाल सरकारले तोके बमोजिमको ज्याला दिनुपर्ने र गाउँ र नगरमा डोजर आतंक बन्द गर्नुपर्ने ठाटिकाँध गाउँपालिका –१ का महेशकुमार बमले बताए । उनले भने,पुरुष विदेशिन रोक्न गाउँपालिकाले डोजर प्रतिबन्ध गरि युवालाई गाउँकै विकासमा लगाउँदा रोजगारीका साथै दिगो विकास हुन्छ । उनले थपे प्रविधिले काम खोसिदिएकाले अधिकाँश युवा विदेशिनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *