नेपागञ्ज उच्च अदालतका नायब सुब्बा पक्राउ

अर्थ/वाणिज्य समाचार

नेपालगञ्ज २२ बैशाख


उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई रु.तीन लाख घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले शनिबार साँझ घुस लिँदै गरेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको जानकारी दिए । नायब सुब्बा पाठकले तीन लाख रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ ।
‘घुस लेनदेन गरिरहेको अवस्थामा नेपालगञ्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई नियन्त्रणमा लिइएको हो,’ अख्तियार प्रमुख गैरेले जानकारी दिए । अख्तियारले पछिल्ला दिन बाँकेका सरकारी कार्यालयमा निगरानी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *